नेपाली कांग्रेस भोजपुरमा निर्वाचनपछि सभापति सर्वसम्मत

भोजपुर । नेपाली कांग्रेस भोजपुरको मतदानपछि सर्वसम्मत सभापति चयन भएको छ । सोमबार भएको निर्वाचनबाट कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि भएको छलफलका आधारमा विनोद वान्तवा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेस भोजपुरको सभापतिमा ३ जनाले दाबी प्रस्तुत गरेका थिए । बिनोद वान्तवा, नन्दमणी राई र बालकृष्ण थापाबीच भएको प्रतिस्पर्धामा वान्तावाले ४१५ मत, राईले ३९२ मत र थापाले ३६० मत पाएका थिए ।

१ हजार २२७ मत मत खसेकोमा १ हजार १६७ मत सदर भएको र ६० मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसबाट कसैको ५१ प्रतिशत नपुगेपछि आज पुनः मतदानको तयारी भएकोमा वान्तवा र राईबीचमा छलफल हुँदा राईले वान्तवालाई नै छाडेपछि निर्विरोध भएको हो । थापाले वान्तवालाई सहयोग गर्ने भएपछि राईले छाडेको हुनसक्ने कांग्रेस नेताहरुले बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *