एनआइबिएल सहभागिता फण्डको इकाई ईसेवाबाट खरिद गर्न सकिने

काठमाडौं । एनआईबीएल सहभागिता फण्डको इकाईहरू ईसेवाबाट खरिद गर्न सकिने भएको छ ।

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर राखी हिजो मङ्सिर ६ गतेदेखि इसेवाको माध्यमबाट पनि एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।

यसअघि एनआईबीएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई कनेक्ट आइपिएस\खल्ती,  नेपाल इभेष्टमेन्ट बैंक र इ-बैकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो ।

योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई बिना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *