मोहन मैनालीको किताब ‘आकाशमुखी’को आवरण सार्वजनिक 

काठमाडौँ ।  लेखक मोहन मैनालीद्वारा अनूदित निबन्धहरूको किताब ‘आकाशमुखी’को आवरण सार्वजनिक गरिएको छ । दसैँको अवसरमा प्रकाशन गृह ‘बुक-हिल’ले आफ्नो ट्विटर ह्यान्डलबाट आयोजना गरेको ‘कोट एन्ड आरटी’ अन्तर्गतका उप-विजेताद्वय ‘म्याउँ’ र ‘मस्तमौलाना’ले आवरण सार्वजनिक गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा चर्चित रहेका अपरिचित पाठकबाट आफ्नो पुस्तकको आवरण सार्वजनिक गराउन पाएकोमा लेखक मैनालीले खुसी प्रकट गरे । उनले भने, ‘सचेत पाठक नै लेखकभन्दा शक्तिशाली भएकाले लेखकलाई ऊर्जा प्रदान गर्न यस्ता कुराले मद्दत गर्छ ।’

किताबको आवरण चर्चित ग्राफिक डिजाइनर सचिन यगोल श्रेष्ठले बनाएका हुन् । मैनालीका प्रिय १५ वटा विदेशी निबन्धहरूको अनूदित सो किताब आगामी जनवरीमा बजारमा आउनेछ ।

सो अवसरमा लेखकद्वय कुमार नगरकोटी र मोहन मैनालीले उप-विजेताद्वयलाई उपहार हस्तान्तरण गरे । विजेता ‘काजीबा’ (कार्यक्रममा अनुपस्थित) र उप-विजेताद्वयलाई करिब ४० हजार रुपैयाँ बराबरका पुस्तक प्रकाशन गृह बुक-हिलले उपहारस्वरूप प्रदान गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *