झापाबाट ६ जना जुवाडे पक्राउ

विराटनगर । झापामा ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अवस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घर धनी मोहनकुमार तामाङ, पूर्णप्रसाद सिवाकोटी, विनोद श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, दमक ३ का ३४ वर्षीय सुरेन्द्र नेम्वाङ् र कमल गाउँपालिका ६ का दुर्गा बहादुर राई रहेको प्रहरीले जनाएको छ ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास र नगद १ लाख २० हजार ५ सय सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *