डिसेम्बरदेखि विद्यार्थीका लागि अस्ट्रेलिया खुल्ने, पूर्व स्वीकृति पनि नचाहिने 

काठमाडौँ । अस्ट्रेलिया सरकारले कोभिड-१९ महामारीका कारण करिब २० महिनादेखि रोकिइरहेका विद्यार्थीलाई प्रवेश दिने भएको छ । कोभिड-१९ महामारीपछि २०१९ को मार्चबाट लगाएको प्रतिबन्ध खुला गर्दै प्रवेश अनुमति दिने भएको हो ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आज बिहान एक प्रेस ब्रिफिङमा डिसेम्बरदेखि प्रतिबन्धात्मक व्यवस्थाहरूलाई थप खुकुलो पार्दै लगिने बताएका छन् । योसँगै अब नेपाली विद्यार्थीहरूले पनि बिना पूर्व स्वीकृति अस्ट्रेलिया जान पाउने नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले मकालुखबरलाई जानकारी दिए । उनका अनुसार अहिले करिब ३८ सय नेपाली विद्यार्थी भिसा लिएर अस्ट्रेलिया प्रवेशको पर्खाइमा छन् ।

त्यहाँकाे सरकारले करेन्टिनको व्यवस्थालाई पनि हटाउने भएको छ । तर पूर्ण खोप लगाएको हुनुपर्नेछ । ‘विद्यार्थीको लागि पूर्व स्वीकृति लिनुपर्ने छैन, करेन्टिनको व्यवस्था पनि हटाइएको छ,’ अध्यक्ष पाण्डेले भने, ‘सरकारले प्रवेश अनुमति दिएपनि त्यहाँको ६ वटा राज्य र २ क्षेत्रले आफ्नै निर्णय गर्न सक्छन् । यसबारे अहिले खुलिसकेको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *