बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, ४ जनाको मृत्यु

बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । देहिमाडौंमा जन्ती बोकेर सीमायल तर्फ गइरहेको म १ ज ३१० नम्बरको जिप राती करिब साढे ८ बजे दशरथचन्द नगरपालिका ४ को कलुवाड मोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ३ जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन । घाइते र मृतकलाई जिल्ला अस्पताल लगिएको छ । जिप सडकबाट झण्डै ७ सय मिटर तल खसेको पनि प्रहरीले बताएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *