पर्वतका दुवै क्षेत्रमा टुङ्गियो कार्यसमिति, ‘क’मा क्षेत्री‚‘ख’मा गुरुङ

पोखरा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पर्वतका दुवै प्रदेश निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार सकिएको मतगणनाअनुसार क्षेत्र नम्बर ‘क’मा राजकुमार क्षेत्री सभापति निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी कृष्णबहादुर केसीलाई ४३ मतान्तरले पराजित गरेका हुन् । क्षेत्रीले ३३० मत पाउँदा केसीले २८७ मत पाए ।

कार्यसमितिको उपसभापतिमा जीतबहादुर पुन र दुर्गादेवी शर्मा विजयी भएका छन् । सचिवमा केशव प्रसाद उपाध्याय र बल बहादुर पुर्जा पुन विजयी भएका छन् भने सहसचिवमा टेकनारायण आचार्य र दया सुवेदीले बाजी मारे ।

क्षेत्र नम्बर ‘ख’को सभापतिमा परविन गुरुङ विजयी भए । प्रतिस्पर्धी हरि न्यौपानेलाई ८७ मतले पराजपित गरेका हुन् । गुरुङले ३११ मत पाउँदा न्यौपानेले २३३ मत प्राप्त गरे । उपसभापतिमा लक्ष्मीकुमारी शर्मा र गांप्रसाद भुसाल निर्वाचित भएका छन् ।

सचिवमा छविलाल तिवारी र ठाकुर रसाईली तथा सहसचिवमा निर्मलाकुमारी शर्मा र युवराज भुसाल विजयी भए । निर्वाचनबाट प्रदेश अधिवेसन प्रतिनिधि समेत निर्वाचित भएका छन् ।ॉ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *