‘अदालतमा एसएलआरसहित प्रहरी परिचालन गर्नु अक्षम्य’ 

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायीहरूमाथि दमन गर्न न्यायपालिकामा एसएलआरसहित दंगा प्रहरी परिचालन गर्ने कार्य अक्षम्य रहेका बताएका छन् । आइतबार सर्वोच्च अदालत परिसरमा बोल्दै अध्यक्ष श्रेष्ठले संसारमै नभएको कार्य नेपालको न्यायालयमामा भएको भन्दै भर्त्सना गरे ।

उनले भने, ‘हामी कानुन व्यवसायीमाथि दमन गर्नको लागि संसारमा कहीँ पनि नभएको न्यायपालिकाभित्र एसएलआरसहितको सशस्त्र प्रहरी उपस्थित गराउने काम जो गरेको छ, त्यो निन्दनीय छ, यो निन्दा गरेर मात्र पुग्दैन अक्षम्य छ । ‘ यस्तै उनले यसको विरोधमा देशभरका अदालतमा बहस पैरवी नगर्ने निर्णय गरेका बताए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *