कैलालीका १० प्रदेश निर्वाचन क्षेत्रमध्ये ९ मा देउवा पक्ष विजयी

धनगढी । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत  भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनमा कैलालीका ९ क्षेत्रमा पार्टी सभापति देउवा पक्षका उम्मेदवार  विजयी भएका छन् । कैलालीमा १० प्रदेश सभा क्षेत्र छन् ।

जस अन्तर्गत क्षेत्र नम्बर-१ को ‘क’ मा प्रशुराम महतो कठरिया, ‘ख’मा बलिराम चौधरी, क्षेत्र नम्बर-२ को ‘क’ मा भीम जैसी, ‘ख’मा तेज प्रकाश मल्ल, क्षेत्र नम्बर-३ को ‘क’ मा रामप्रसाद चौधरी र ‘ख’मा कमलराज चौधरी सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै क्षेत्र नम्बर-४ को ‘क’ मा काशीराम शर्मा, क्षेत्र नम्बर ५ को ‘क’ मा सिताराम राना र ‘ख’ मा केशव जोशी सभापतिमा निर्वाचित भएका छन् । उनीहरू सबै देउवा पक्षधर हुन् ।  संस्थापन इतर पक्षमा भने क्षेत्र नम्बर ४ को ‘ख’को सभापतिमा गोपाल दत्त भट्ट निर्वाचित भएका छन् ।

कैलालीको पार्टी सभापतिमा देउवाकै विश्वास पात्र नरनारायण शाह ‘मनु’ छन् । शाहको यो दोस्रो कार्यकाल हो । उनी सुदूरपश्चिम प्रदेशमा सभापतिमा लड्ने तयारीमा छन् । गत कात्तिक २७ गते सम्पन्न १२६ वटा अधिवेशन र ३० गते सम्पन्न पालिका अधिवेशनमा पनि शाह प्यानलले सबै स्थानमा जितेको छ ।

शनिबार बसेको सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन मूल व्यवस्थापन समितिको बैठकले शाहलाई संयोजकसमेत तोकेको छ । भोलि ६ गते हुने क्षेत्रीय अधिवेशनको आजै मनोनयन गर्ने र १० गते हुने जिल्ला अधिवेशनका लागि मंसिर ९ गते मनोनयन गर्ने कार्यक्रम रहेको  निर्वाचन अधिकृत टेकप्रसाद सुबेदीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *