कमला ह्यारिस बनिन् ८५ मिनेटका लागि अमेरिकाको कार्यवाहक राष्ट्रपति

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ८५ मिनेटको लागि कार्यवाहक राष्ट्रपति बनेकी छन् । राष्ट्रपति जो बाइडेनले आफू शुक्रवार नियमित स्वास्थ्य परीक्षणका लागि जाँदा उपराष्ट्रपति ह्यारिसलाई अस्थायी रूपमा सत्ता हस्तान्तरण गरेका हुन् । ह्यारिसले वेस्ट विङ्गस्थित उपराष्ट्रपति कार्यालयबाटै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी थिइन् ।

केही समयका लागि कार्यवाहक राष्ट्रपति बनेर अमेरिकी सत्ताको बागडोर सम्हालेकी ह्यारिस पहिलो महिला कार्यकारी हुन् । ह्यारिस पहिलो अश्वेत तथा दक्षिण एसियाली मूलकी अमेरिकी उपराष्ट्रपति समेत हुन् ।

राष्ट्रपति बाइडेन हरेक वर्ष नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।  यस पटक पनि उनले जन्मदिनको पूर्वसन्ध्यामा स्वास्थ्य परीक्षण गराएका छन् ।

राष्ट्रपति बाइडेनले शनिबार ७९ औँ जन्मदिन मनाउँदैछन् ।  बाइडेन अमेरिकी इतिहासमा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा ज्येष्ठ व्यक्ति हुन् ।  कोलोनोस्कोपी परीक्षणका बेला बाइडेनलाई बेहोस पारिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *