मनोजादित्यको कथा ‘अन्तिम अतिथि’ पहिलो, उत्कृष्ट २५ कथाकारमा को को ?

काठमाडौँ । तेस्रो डिसहोम १२ खरी कथा लेखन प्रतियोगितामा मनोजादित्य न्यौपानेको कथा ‘अन्तिम अतिथि’ पहिलाे बनेकाे छ । शुक्रबार काठमाडाैँमा आयोजित कार्यक्रममा न्यौपानेको कथा पहिलो बनेकाे हाे । यस्तै स्वप्निल नीरवको कथा ‘बुढो घर’ दोस्रो तथा रेणुका जिसीको कथा ‘मुडुली’ तेस्रो भएकाे घोषणा गरिएको हो ।

पहिलो, दोस्रो र तेस्रो हुने श्रष्टाहरूलाई रक्षामन्त्री डा. मीनेन्द्रप्रसाद रिजालले क्रमशः एक लाख, साठी हजार र चालिस हजार रुपैयाँको पुरस्कारबाट सम्मान गरेका छन् ।

कार्यक्रममा विजेतासँगै उत्कृष्ट २५ कथाको सँगालो उत्कृष्ट कथा २०७८’ को लोकापर्ण पनि गरिएको छ । उनीहरूलाई प्रमाणपत्रसहित पाँच/पाँच हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मान गरिएको थियो ।

प्रतियोगितामा प्राप्त चार सयभन्दा धेरै कथाहरूमध्येबाट ५० वटा कथा चयन गरी बाह्य निर्णायक समितिलाई बुझाइएको र तीमध्येबाट समितिले उत्कृष्ट २५ कथासहित पहिलो, दोस्रो र तेस्रो घोषणा गरेको जानकारी दिइएको थियो ।

१२खरी बुक्सले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुईवटा मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा वरिष्ठ आख्यानकार नारायण ढकाल संयोजक तथा समालोचक कुमारी लामा र कथाकार विवश पोखरेल सदस्य रहेका थिए । आन्तरिक समिति बाह्रखरीका कार्यकारी सम्पादक गोविन्द अधिकारीको संयोजकत्वमा रहेको थियो ।

यस वर्षका उत्कृष्ट २२ कथाकारमा आन अच्यूत, कमल नेपाल, डा. गोविन्दसिंह रावत, चन्द्र पन्जियार, जीवन खत्री, डीके विरही, तिलक राई, त्रिभुवनचन्द्र वाग्ले, बुद्धिराज पाण्डे, मनोहर पोखरेल, महेन्द्र उपाध्याय, मोद ढकाल, डा. राजु अधिकारी, वीरसिंह विश्वकर्मा, विशालबाबु बस्नेत, शारदा पराजुली, श्रेयज सुवेदी, सञ्जय भट्टराई, सपना अधिकारी, सरिता अर्याल, साजन केसी र हरिबोल काफ्ले रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *