योग गुरु रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा जाँदै
२०७८ मंसिर ३ गते

काठमाडौँ । योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा जाने भएको छ । आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु त्यहाँ जाने भएको आचार्य बालकृष्णका भाइ डा. पवमान सुवेदीले जानकारी दिए।
स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको सहस्र पूर्णचन्द्र दर्शनको अवसरमा आयोजना गरिएको लघुरुद्री, श्रीमद्भागवत पाठ पारायण, चौरासी पूजा एवं लाखबत्ती ९लक्ष्यबत्ती० कार्यक्रममा सहभागी हुन उनीहरु यहाँ आउन लागेका सुवेदीले बताए।
“आज दिउँसो २ बजेतिर दुवै जना घरमै आउनुहुनेछ”, उनले भने, “बुबाको चौरासी पूजासँगसँगै उनीहरुको स्वागतका लागि आवश्यक तयारी भइरहेको छ ।” आचार्य बालकृष्ण पिता जयबल्लभ सुवेदीका ज्येष्ठ सुपुत्र हुन् । रासस
२०७८ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








