डाेनाल्ड लु र ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्षसँग केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

लुले शुक्रबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको बैठक कक्षमा ओलीलाई भेटेका हुन् । उनीहरूबीच भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो ।

भेटमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्ग, विष्णु रिमाल र राजन भट्टराई सहभागी थिए । बुधबार साँझ काठमाडौं आइपुगेका लुले बिहीबार साँझ बालुवाटारमा प्रधान मन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *