किसानसँग झुके मोदी, तीनवटै कृषि कानून फिर्ता लिने

काठमाडौँ । भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले विवादास्पद तीन कृषि कानून फिर्ता लिने घोषणा गरेका छन् । शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधान मन्त्री मोदीले तीनवटै कानुन फिर्ता लिने घोषणा गरेका हुन् । भारतमा पछिल्लो एक वर्षदेखि तीन वटै कृषि कानून रद्द गर्न माग गर्दै किसानले देशभर प्रदर्शन गर्दै आएका छन् ।

सम्बोधनका क्रममा प्रधान मन्त्री मोदीले भने, ‘आज म तपाईँलाई, सिङ्गो देशलाई यो भन्न चाहन्छु कि हामीले तीन कृषि कानूनलाई फिर्ता लिने निर्णय गरेको छौँ । यस महिनाको अन्तिममा सुरु हुन गइरहेको संसद् अधिवेशनबाट यी तीन वटै कानून रद्द गर्ने सबै संवैधानिक प्रक्रिया पूरा गर्नेछौँ ।’

किसानको लामाे समयदेखिको आन्दोलनका बाबजुत मोदी सरकार उक्त कानुनहरु फिर्ता लिन तयार भएको थिएन । उत्तर प्रदेश र पन्जाबमा विधान सभा चुनाव हुनुभन्दा पहिले ती कानून फिर्ता लिने घोषणा गर्नुलाई राजनीतिक रुपमा पनि लिनुपर्ने बिचारहरु आइरहेका छन् ।

उक्त कानून फिर्ता हुने घोषणापछि आफूहरू आशावादी रहेको किसानहरू बताउँछन्  । तर मोदी सरकार झुटो बोल्न सिपालु रहेको भन्दै संवैधानिक प्रक्रियाबाट कानुन रद्द नभएसम्म ढुक्क बन्न नसकिने उनीहरूको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *