एमसीसीमा सरकारको अस्तित्व देखियोस् : नेम्वाङ

विराटनगर । नेकपा एमालेका नेता सुवास नेम्वाङले ठुलो लगानी गर्नेको स्रोत नखोज्ने निर्णयले आतंकको पैसा नेपाल भित्र्याउने काममा लागेको आरोप लगाएका छन् । लगानी भित्र्याउने नाममा स्रोत नखोज्ने भन्ने सरकारको निर्णयले कालो धन मैलाउने र आतंकका पैसा नेपाल भित्रने उनले बताए ।

विराटनगरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले यो निर्णयले देशलाई अन्तरराष्ट्रिय रुपमा ब्ल्याक लिस्टमा पर्ने खतरा रहेको बताए । यसकारले गैरसंवैधानिक काम गरेको नेम्वाङको भनाइ छ ।

उनले अदालतभित्रको गतिविधिले नागरिकले न्याय पाउने अधिकार कुण्ठित भएको भन्दै एउटा दललाई अनधिकृत भन्दै सर्वोच्चमा परेको उजुरी सुनुवाइ भइसक्ने अवस्थामा अदालतभित्र देखिएको गतिविधिले एमालेको मुद्दाको किनारा लाग्न नसकेजस्तै अन्य धेरै नागरिकले न्याय पाउन नसकेको बताए ।

अदालतभित्र न्यायाधीशको आन्दोलन हुनु गलत र दुःखद रहेको बताएका नेम्वाङले यो विषय अदालतको विषय भएकाले अदालतभित्रको कुरामा एमालेले मुख खोल्न नसकेको सुझाए । ‘यो विषय अदालतको विषय हो,’ उनले भने‚ ‘यस्तो ठाउँमा दलहरूले विचार गरेर बोल्नुपर्छ । यसको जवाफ सरकारले दिने हो ।’

उनले एमसीसीको प्रस्ताव ल्याउन गठबन्धनको सरकारलाई चुनौती दिए । ‘अहिले एमसीसीको बारेमा प्रतिपक्षले बोल्ने बेला भएको छैन,’ उनले भने, ‘यस्ता विषय पहिला गठबन्धनभित्र छलफल भएर नागरिकमा सन्देश जानुपर्छ । अनि मात्र प्रमुख प्रतिपक्षले निर्णय लिने हो ।’

अदालत र संसद्‌भित्र भाँडभैलोको अवस्था भएकाले सरकारले अहिलेसम्म काम गर्न नसकेको बताउँदै नेम्वाङले यसको जवाफ सरकारले दिनुपर्ने बताए । ‘यी सबै विषयमा सरकारले आफ्नो अस्तित्व देखाउनुपर्‍यो, भूमिका हुनुपर्‍यो ।’ उनले एमालेको महाधिवेशनमा आफ्नो उम्मेदवारीको बारेमा भने कुनै जवाफ दिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *