भारतको उच्च अदालतमा समलिङ्गी अधिवक्ता न्यायाधीशको रुपमा सिफारिस

नयाँ दिल्ली । भारतीय उच्च अदालतले न्यायाधीशका लागि समलिङ्गी अधिवक्ता सौरभ किरपालको नाम सिफारिस गरेको छ ।

भारतको उच्च अदालतको प्यानलले एलजीबिटीक्यू अधिकरका लागि कोषेढुङ्गाको रुपमा वर्णन गरिरहँदा न्यायाधीश हुन खुला रुपमा वकिलको नाम समलिङ्गी वकिलको नाम सिफारिस गरेको हो ।

भारतीय प्रधानन्यायाधीशको नेतृत्वमा रहेको समितिले दिल्ली उच्च अदालतको न्यायाधीशका लागि समलिङ्गी अधिवक्ता सौरभ किरपालको नाम प्रस्ताव गरेको हो ।

भारतमा कलेजियमबाट सिफारिस भई आएका नामलाई संघीय सरकारले औपचारिक रुपमा स्वीकृति दिएपछि मात्र न्यायाधीशको रुपमा नियुक्त गर्ने गरिन्छ । नरेन्द्र मोदी सरकारले किरपालको नामलाई स्वीकार गर्ने उच्च सम्भावना रहेको आकलन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *