प्रधान न्यायाधीशको पेसी तोक्ने अधिकार खोसिने, १८ न्यायाधीशले गरे एकमतमा निर्णय

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पेसी तोक्ने अधिकार खोसिएको छ । बिहीबार १८ न्यायाधीशले एकमतमा निर्णय गरी पेसी तोक्ने प्रधान न्यायाधीशको अधिकार खोसेका हुन् ।

सर्वोच्च अदालतको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित भएसँगै प्रधान न्यायाधीशको पेसी तोक्ने अधिकार कटौती भएको हो ।

प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरूको बिहीबार बसेको बैठकले गोलाप्रथाको कार्यविधि पास गरेको हो । त्यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरिएको छ ।

सर्वोच्च स्रोतका अनुसार यो निर्णयको प्रति मुख्य रजिस्टारमार्फत प्रधान न्यायाधीश जबरासमक्ष पठाइनेछ । उनले निर्णयमा हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *