नेपाल बारको आकस्मिक बैठक सुरु 

काठमाडौँ । नेपाल बार एसोसिएसनको आकस्मिक बैठक सुरु भएको छ । सर्वोच्च अदालत परिसरमा प्रहरी र प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरूमाथि बल प्रयोग गरेको छ ।  उक्त बल प्रयोगबाट बार अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका छन् ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले दबाउन खोजेको भन्दै आन्दोलन थप  सशक्त बनाउने तयारीका साथ बार आकस्मिक छलफलमा जुटेकाे छ । उक्त बैठकमा नेपाल बार सर्वोच्च बार र उपत्यकाका उपलब्ध बार इकाईका पदाधिकारीहरुको  उपस्थित उपस्थित रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *