प्रधान न्यायाधीशले तोके सबै खालका मुद्दामा पेसी   

 काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आज बन्दी प्रत्यक्षीकरण सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले नौ वटा इजलासमा पेसी तोके पनि आफ्ना लागि भने कुनै पनि इजलास तोकेका छैनन् ।

तोकिएका पेसीमध्ये एउटा पूर्ण इजलास, सात वटा संयुक्त र एउटा एकल इजलास रहेको छ । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । प्रधान न्यायाधीश क्षेत्राधिकारभन्दा बाहिर गएको आरोप लगाउँदै गत कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले मुद्दाको सुनुवाइ गर्न इन्कार गर्दै आए पनि बीचबीचमा बन्दीको मुद्दामा भने सुनुवाइ भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *