चीन र अमेरिकाबीच पत्रकारको भिसाबारे सहमति

बेइजिङ।  संयुक्त राज्य अमेरिका र चीनबीच एक अर्काका पत्रकारहरूको भ्रमण र भिसा सिमानाहरू खुकुलो पार्ने आपसी सहमति भएको छ । चिनियाँ राष्ट्रपति सि जिनिपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनबीचको बहुप्रतिक्षित भर्चुअल बैठक सम्पन्न भएपछि यो सहमति भएको तथ्य सार्वजनिक भएको हो ।

अबदेखि ती दुई मुलुकका पत्रकारहरू स्वतन्त्र र सहज ढंगले एकले अर्काको देशमा भ्रमण गर्न सक्ने भएका छन् । चिनियाँ सरकारी अखबार चाइना डेलीले एक वर्षभन्दा लामो वार्तापछि बल्ल यो सहमति सम्भव भएको जनाएको छ ।

अब दुवै देशले एक अर्काका पत्रकारहरूलाई तीन महिनादेखि एक वर्षसम्मको भिसा प्रदान गर्ने भएका छन् । तर, त्यसका लागि तिनीहरू प्रचलित नियम कानुनका लागि भने योग्य साबित हुनुपर्दछ ।अमेरिकी विदेश विभागले आफ्ना र विदेशी पत्रकारहरूका लागि सहज हुने थप कार्यहरू जारी राखिने जानकारी दिएको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *