नेपालमा दमबाट हरेक वर्ष १६ हजारले गुमाउँछन् ज्यान

काठमाडौँ । नेपालमा श्वासप्रश्वास तथा दम रोगका बिरामीको सङ्ख्या बढ्दो छ । चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने तथा नगर्ने व्यक्तिहरूमा समेत श्वासप्रश्वास (दम) सम्बन्धी रोग समस्या पर्ने गरेको छ । यस्तै आन्तरिक तथा बाह्य वायु प्रदूषणका कारण पनि श्वासप्रश्वास तथा दम सम्बन्धी रोग लाग्ने गरेको छ । नेपालमा आन्तरिक तथा बाह्य प्रदूषणकै कारण बर्सेनि दम रोगका बिरामी बढ्दै गएकाे जानकारहरू बताउँछन् ।

अगरबत्तीको धूवाँ,घरबाट निस्कने धूलो,दाउरा बालेर हुने प्रदूषणले पनि दम रोगका बिरामी बढ्ने गरेको उनीहरुकाे तर्क छ । यस्तै कलकारखाना,डढेलो बाट निस्कने धुवाँले गर्दा मानिसमा श्वासप्रश्वास तथा दमका बिरामी थपिने गरेका छन् ।

प्रदूषणले काठमाडौँ उपत्यकामा दम रोगका बिरामीको सङ्ख्यामा वृद्धि भइरहेको छ ।  सहरी क्षेत्रका १५ प्रतिशत जनसङ्ख्या दम सम्बन्धी समस्या रहेको  पाइएको छ । काठमाडौँका मुख्य अस्पतालमा दैनिक २५ देखि ३० जना व्यक्ति दमको समस्या लिएर आउने गरेका छन् । शिक्षण अस्पतालमा दैनिक ९० जनासम्म बिरामी आउने गरेका छन् । तथ्याङ्क अनुसार विश्वमा २५ करोड मानिसलाई दम रोगी रहेको पाइएको छ । ती मध्ये प्रतिवर्ष ३० लाख मानिसहरूको दम तथा खोकीकै कारण मृत्यु भएको छ ।

श्वासप्रश्वास तथा दम रोगीमध्ये ९० प्रतिशत नेपाल जस्तो अल्पविकसित वा विकासशील मुलुकका नागरिकहरू रहेका छन् । नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दम तथा श्वासप्रश्वास सम्बन्धी रोगको कारणले हुने गरेको छ ।

नेपालमा दमका कारण मृत्यु हुनेमध्ये महिलाको सङ्ख्या धेरै छ । यस्तै दम रोगी महिलाको सङ्ख्या पनि बढी रहेको छ । श्वासप्रश्वास रोग लागिसके पछि निको नहुने हुँदा अस्वस्थ मानिसहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *