वायु प्रदूषण बढेसँगै दिल्लीका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण बढेसँगै विद्यालय र क्याम्पसहरू अनिश्चितकालका लागि बन्द गरिएको छ ।

प्रदूषणको बढ्दो स्तरलाई मध्यनजर गर्दै यातायात र रक्षासम्बन्धी परियोजना बाहेकका निर्माण कार्यमा नोभेम्बर २१ सम्मका लागि प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै शहरमा सञ्चालित ११ कोइलाबाट चल्ने पावर ट्रान्सप्लान्टमध्ये ५ वटालाई मात्र सञ्चालनको अनुमति दिइएको छ ।

गएको दीपावली पर्वदेखि नै विषाक्त धुँवाले दिल्लीलाई उकुसमुकुस बनाएको थियो । विश्व स्वास्थ्य संगठनको सुरक्षा दिशानिर्देश गरेभन्दा भारतको नयाँ दिल्लीमा पर्टीकुलेट म्याटर (पीएम २.५ को स्तर- साना कणहरू‚ जसले मानिसको फोक्सोलाई पूर्ण रुपमा नष्ट गराउँछ) अधिक रहेको पाइएको छ ।

सहरका धेरै भागहरूमा मंगलबार वायु गुणस्तर सूचकाङ्क ४ सयभन्दा माथि रहेको तथ्याङ्क रेकर्ड भएको थियो‚ जसलाई ‘गम्भीर’ अवस्थाको रुपमा वर्गीकृत गरिएको छ । वायु गुणस्तर सूचकाङ्क शून्यदेखि ५० बीचको अंकलाई राम्रो मानिन्छ भने ५१ देखि १ सयबीचको अंकलाई सन्तोषजनक मात्रै मानिन्छ ।

सवारी साधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमको ढाँचाका कारण दिल्ली विश्वकै प्रदूषित राजधानीमा पहिलो नम्बरमा आउँछ । जाडो याममा हावा बढी विषाक्त हुनेगर्छ । जाडोमा हावाको गति कम हुने भएकाले यसले वायुमण्डलको तल्लो भागमा प्रदूषणलाई जम्मा पारेर राख्छ ।

बिबिसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *