मुख्यमन्त्री राईले मागे विश्वासको मत, सरकार हतारिएकाे प्रतिपक्षकाे आरोप

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मतका लागि प्रस्तावमाथि प्रदेश सभामा पेस गरेका छन् ।  प्रदेश सभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतको बारेमा छलफल सुरु भएको छ।  विपक्षी दलहरूलाई पनि प्रदेश सरकारको पक्षमा मतदान गर्न आग्रह गरेका राईले  सबै मिलेर विकास निर्माणमा लाग्न आग्रह गरे ।

जनताको चाहना अनुसार अहिलेको सरकार बनेकोले सरकार नागरिकको भएकोले सहयोग गर्न राईले आग्रह गरे ।नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जनताले प्राप्त गरेको उपलब्धिलाई संस्थागत हुने अवस्थामा पनि नेकपामा चेतनाको स्तर नभएको बताए । चेत खुल्यो होला भनेको लगभग दुई तिहाइको सरकारको चेतना नै नभएर अहिलेको अवस्था आएको कोइरालाले बताए ।

‘जनमतले त हामीलाई विपक्षीमा नै बस्न भनेर नागरिकले पठाएका थिए, उनले भने, थोरै मत पाएका हामीलाई अहिलेको अवस्था कसरी आयो त ?’ कोइरालाले ५ पार्टीको सहयात्रामा सरकार बनेकोले यसलाई निरन्तरता दिँदै जनताको अभिलाषालाई पुरा गरेर देखाउने प्रतिबद्धता जनाए । प्रदेश सभामा जुनसुकै बेला जस्तोसुकै समस्या आउन सक्ने बताए ।

‘यहाँ जतिसुकै बेला जुन सुकै बेला पनि जे पनि हुनसक्छ, उनले भने, समयले कुन बेला उहाँहरुलाई कुन बेला फेरी एकै ठाउँमा उभ्याउन सक्छ ।’  नेकपा एमालेको तर्फबाट भनाई राख्दै सांसद हिक्मत कुमार कार्कीले सरकार सामान्य रूपमा राजनीतिक कल्चरको बारेमा प्रारम्भमा नै चुकेको आरोप लगाए ।

 ‘सत्ता किन यति हतारियो मैले बुझेको छैन, उनले भने, प्रदेश सभामा बन्दका कारण सांसद आउन सक्नु भएन, ३० गतेको बन्दको बेलामा पनि प्रदेश सभाको बैठक चलाउन जोर जबरजस्ती गर्ने काम भयो ।’  यो सरकार बनेको कात्तिक १६ गते बनेको सरकारले मंसिर १५ गतेसम्म विश्वासको मत लिन सक्ने प्रशस्त सम्भावना भए पनि हतार गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *