महिनाको पहिलो दिनमै घट्यो सुनकाे मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।

छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *