ज्योति लाइफको बिमा कोष ४‍.५५ अर्ब पुग्यो

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासमा कुल बिमा शुल्कमा ५० प्रतिशतले वृद्धि भई रु. ८१.७८ करोड आर्जन गरी कुल लगानी रकममा ८२ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीले खुद नाफामा २८ प्रतिशतले वृद्धि गर्दै ९.२३ करोड नाफा गर्न सफल भएको छ । व्यवसाय तथा लगानी वृद्धि, सञ्चालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले वृद्धि भई ६६.१० करोड कायम हुन गएको कम्पनीले जनाएको छ । जीवन बिमा कोषमा १०१ प्रतिशतले वृद्धि भई ४.५५ अर्ब कायम गर्न कम्पनी सफल भएका जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *