प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री राइले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिन लागेका हुन् । मंगलबार नै विश्वासको मत लिने तयारी भएपनि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा बैठक स्थगित गरेपछि छलफल अघि बढ्न सकेको थिएन ।

सभामुख भण्डारीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दका कारण बैठक स्थगित भएको जनाएपछि मुख्यमन्त्री राई असन्तुष्ट बनेका थिए । तर आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत सम्बन्धी प्रस्ताव राख्नेछन् । र, प्रकृया अघि बढ्ने बताइएको छ । मुख्यमन्त्री राई पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका थिए ।

उनले मुख्यमन्त्रीमा नियुक्त भएको दुई सातापछि विश्वासको मत लिन लागेका थिए। प्रदेश १ मा जम्मा ९३ सांसद रहेका छन् । जसमा पाँच दलीय गठबन्धनमा ५० सांसद रहेका छन् । भने एमालेको ४१ सांसद रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *