पुटिन र म्याक्रोनबीच आप्रवासी संकटबारे टेलिफोन वार्ता

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोनसँग बेलारुस र युरोपेली युनियन (ईयू) बीचको सीमामा आप्रवासी सङ्कटका साथै पूर्वी युक्रेनको अवस्थाबारे छलफल गर्न टेलिफोन वार्ता गरेका छन् ।

क्रेमलिनको एक विज्ञप्तिअनुसार पुटिनले ‘पोल्यान्डका सीमा रक्षकहरूद्वारा शरणार्थीहरूलाई अत्यन्तै कठोर व्यवहार’ गरेको टिप्पणी गर्दै म्याक्रोनलाई बेलारूसी राष्ट्रपति अलेक्जेन्डरसँगको हालैको सम्पर्कको बारेमा जानकारी दिएका छन् ।

पुटिनले बेलारुस र ईयू देशका नेताहरूलाई यस विषयमा प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन् । नेताहरूले पूर्वी युक्रेनको डोनबासमा जारी द्वन्द्वको समाधानमा प्रगति नभएकोमा असन्तुष्टिसमेत व्यक्त गरेका छन् ।

पुटिनले कालो सागरमा संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूले गरेको ठूलो अभ्यासको ‘उत्तेजक व्यवहार’लाई औँल्याएका छन् । जसले रूस र उत्तर एट्लान्टिक सन्धि संगठनबीच तनाव बढाएको छ ।

रुस-फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोनले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीहरूको नियमित बैठकको प्रशंसा गरेका छन्। साथै उनीहरूले सैन्य-राजनीतिक मुद्दाहरूमा द्विपक्षीय वार्ता जारी राख्ने जनाएका छन् ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *