लिबियाका पूर्वी कमान्डरले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

काठमाडौँ । लिबियाको पूर्वीस्थित सेनाका कमान्डर खलिफा हफ्तारले मङ्गलबार आफू राष्ट्रपति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

‘आज हाम्रो देश दुईवटा बाटो अगाडि उभिएको छ- स्वतन्त्रता र शान्तिको बाटो र तनाव, व्यर्थ र द्वन्द्वको बाटो । तर भविष्यको बाटो लिबियालीहरूले मात्र रोज्नुपर्छ,’ हफ्तारले स्थानीय टेलिभिजनमा भनेका छन् ।

‘म दाजुभाइ र मित्र राष्ट्रहरूले प्रस्तुत गरेका पहलहरूलाई सलाम गर्दछु‚ जसले लोकतान्त्रिक विकल्पहरूतर्फ जान मद्दत गरेको छ । राष्ट्रपति र संसदीय निर्वाचनलाई संकटबाट बाहिर निकाल्न एकमात्र उपायको रूपमा आग्रह गर्दछु,’ हफ्तारले भने ।

‘म राष्ट्रपति पद शक्तिको खोजी वा पदको खोजीका लागि होइन‚ जनतालाई गौरव, उन्नति र समृद्धितर्फ लैजानका लागि उम्मेदवारी दिने घोषणा गरेको छु’, उनले भने ।

लिबियामा स्थायित्व प्राप्त गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघ प्रायोजित ‘लिबिया राजनीतिक संवाद फोरम’ले अपनाएको रोडम्यापको एक भागको रूपमा लिबियामा यस वर्ष डिसेम्बर २४ मा आम चुनाव हुने अपेक्षा गरिएको छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *