आरबीबी मर्चेन्ट बैंकद्वारा १० प्रतिशत नगद लाभांश पारित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कम्पनीको साधरण सभाले आर्थिक वर्ष २०७७/०७८ मा १० प्रतिशत नगद लाभांश सहित वार्षिक प्रतिवेदन प्रस्ताब पारित गरेको हो ।

मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्तापूँजी रहेको मर्चेन्ट बैंकिङ्गले इस्यु मेनेजमेन्ट, आरटीएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ्ग, डिपोजिटरी पार्टिसिपेन्ट लगायतको सेवा दिइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *