बन्दले कैलालीका धनगढीसहित चार नगरको कांग्रेस अधिवेशन स्थगित

धनगढी । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बन्दका कारण कैलालीका धनगढी उपमहानगरपालिकासहित जिल्लाका विभिन्न चार स्थानीय तहमा नेपाली कांग्रेसको नगर अधिवेशन स्थगित भएको छ । बन्दले गर्दा मतदाता नामावली प्रिन्टमा ढिलाइ हुँदा विभिन्न चार पालिकामा अधिवेशन स्थगित भएको हो ।

धनगढी उपमहानगरपालिका, गौरीगंगा, घोडाघोडी र भजनी नगरपालिकाको अधिवेशन स्थगित भएको नेपाली कांग्रेस कैलालीका शाहले जानकारी दिए । ‘बन्दका कारण सबै उम्मेदवार र मतदाता उपस्थिति हुन नसक्ने अवस्था देखियो,’ साहले भने, ‘एकभन्दा बढी उम्मेदवार भएपछि मतदाता नामावली छाप्नुपर्ने र बन्दले छपाईमा ढिलाइ हुँदा आजलाई अधिवेशन सम्पन्न गरिएको हो ।’

उनले बन्द भएका चार नगरमा भोलि (बुधबार) बिहान ८ बजेदेखि सुरु हुने जानकारी गराए । पालिका अधिवेशनपछि मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुनेछ । मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशनका लागि मिति तोकिएको छ ।

कैलाली कांग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५०१ सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *