नबिल बैंकद्वारा सल्यानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौँ । नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगाे बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ ।

दार्मा गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङ प्रबन्धक लिलाप्रसाद ओझाझा र गाउँपालिकाको तर्फबाट अध्यक्ष निमबहादुर केसीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय सांसद टेकबहादुर बस्नेतको उपस्थिति थियो ।

नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङ सुरुवात गरेको को । । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको जनाएको छ ।

कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *