कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बच्चा अभिभावकविहीन

वासिंटन । कोरोना भाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावकविहीन भएका छन् ।

‘बिजनेस इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिकाको जीवनमा दीर्घकालीन असर परेको उल्लेख गरिएको छ ।

सो प्रतिवेदनअनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावकविहीन हुनुपरेको देखिएको छ । अभिभावकविहीन भएपछि बालबालिकाहरूले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नुपरेको अधिकारीहरूले जनाएका छन् ।

अभिभावक गुमाएका बालबालिकाहरूमध्ये धेरै बालबालिकाहरू अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ । कोरोनाको महामारीबाट अत्यधिक प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ । कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या अमेरिकामै सबैभन्दा धेरै रहेको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *