सिटिजन लाइफको जीवन बीमा कोष रकम ४ अर्ब नाघ्यो

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमाकोषकाे रकम १११.४०५ ले वृद्धि भएर ४ अर्ब २४ करोड ५५ लाख पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमाकोष  २ अर्ब ८२ लाख रहेको थियो ।

जीवन बीमा कोषको वृद्धिसँगै कम्पनीले व्यवसाय विस्तारमा समेत वृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षको आश्विन मसान्तसम्ममा कुल बीमाशुल्क रु ६२ करोड ८ लाख सङ्कलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा रु १ अर्ब २४ करोड ३२ लाख सङ्कलन गर्न सफल भएको छ ।

समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिव ४४ प्रतिशतले बढाएर ८५ करोड ३ लाखको उचाई चुमाएको छ ।

यसका साथै कम्पनीले लगानी, बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करिव ५१ प्रतिशतले वृद्धि गरी रु १६ करोड ५१ लाख पुर्याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ६ अर्ब ८९ करोड मध्ये करिब ७२.४७५ रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *