विपक्षी एमाले नआएपछि मुख्यमन्त्री राईले पाएनन् विश्वासको मत

विराटनगर । प्रदेश सभामा मुख्य प्रतिपक्षी नेकपा एमालेले सदन स्थगनको माग गर्दागर्दै प्रदेश सभाको बैठक बसेको छ ।

आज प्रदेश सभामा सरकारको तर्फबाट मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने कार्यसूची रहेको थियो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको उपस्थिति नभएपछि बैठक भोलिका लागि बोलाउँदै बैठक स्थगित भएको हो ।

‘आजको बैठकमा प्रदेश नम्बर १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिने कार्यसूची रहेकोमा प्रतिपक्षी दलका कुनै पनि माननीय सदस्यहरूका उपस्थिति नदेखिएकाले उक्त बैठक आजलाई स्थगित गरिएको छ,’ सभामुख प्रदिपकुमार भण्डारीले सभामा भने, ‘भोलि मिति २०७८ मंसिर १ गते बुधबार दिनको ११ः३० बजेसम्मलाई स्थगित हुन्छ ।’

नेकपा एमालेले नेकपा विप्लव माओवादीको बन्दका कारण आफ्ना सदस्य उपस्थित हुन नसक्ने भन्दै भोलिसम्मका लागि सार्न आग्रह गरेको थियो । नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बन्दका कारण सबै सांसदहरूको उपस्थिति हुन नसक्ने तथा बाटोमा नै अलपत्र परेपछि भोलिसम्मका लागि बैठक सार्न भनिएको बताए ।

एमालेले गरेको आग्रह सत्तापक्षले नमानेपछि सभामुख प्रदिपकुमार भण्डारीले बैठक सञ्चालन गरे पनि भोलिका लागि स्थगित गरेका हुन् । मुख्यमन्त्री राईले विश्वासको मत भोलि लिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *