चार न्यायाधीश नियमित इजलासमा फर्किए‚ बन्दीबाहेकका मुद्दामा पनि सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतमा मंगलबार चार जना न्यायाधीशहरू नियमित इजलासमा फर्किएका छन् । मंगलबार उनीहरू इजलासमा फर्किएसँगै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा समेत सुनुवाइ सुरु भएको छ ।

न्यायाधीशहरू तेजबहादुर केसी र कुमार रेग्मी तथा बमकुमार श्रेष्ठ र मनोज शर्माले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा समेत सुनुवाइ गरेका हुन् ।

यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र सुनुवाइ गर्दै आएका उनीहरूले आजबाट त्यसबाहेकका मुद्दामा समेत सुनुवाइ गरेका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै झण्डै तीन सातादेखि न्यायाधीशहरूले बेन्च बहिस्कार गर्दै आएका थिए ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *