ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । मोरङमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका ५ कसेनिमा ट्याक्टर पल्टँदा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रङेली नगरपालिका १ का २२ वर्षीय विजय हेमरन र १५ वर्षीय अविनाश मनण्डी रहेका छन् । को २ त.८६८८ नम्बरको ट्याक्टरले इन्द्र दर्जीको खेत जोती बाटोमा निस्कने क्रममा पल्टिदा घाइते भएका दुवै जनाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती मृत्यु भएको हो ।

ट्याक्टर चालक रङेली नगरपालिका १ का २७ वर्षीय आईति सतार टुडु इलाका प्रहरी कार्यालय बेलबारीको पक्राउ गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *