नेपाल टेलिकमको नाफा २ अर्बमाथि

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले नाफा कमाउन सफल भएको छ ।

जसअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.९० प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा १ अर्ब ५१ करोड ७७ लाख रुपैयाँ रहेको थियो।कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी १३.२० प्रतिशत बढेको छ । त्यसै गरी, कम्पनीको कुल आम्दानी ८.३९ प्रतिशत बढेको छ।

खुद नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४० रुपैयाँ ४७ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिमा १९ रुपैयाँ ७९ पैसा बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्क ६५८ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.९६ गुणा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *