सुन तोलामा ९५ हजार नजिक 

काठमाडौँ । महिनाको अन्तिम दिन मंगलबार सुनको मूल्य बढेको छ । छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सोमबार ९४ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार हुने जनाएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *