सुरक्षा घेरा तोडेर सर्वोच्च प्रवेश गरे वकिल (तस्बिरहरू)

काठमाडौँ । नेपाल बार एसोसिएसनले आज पनि प्रधान न्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन सुरु गरेको छ । बारका वकिलहरू सुरक्षा घेरा तोड्दै अदालतको मूल गेटमा धर्ना बसिरहेका छन् ।

सुरक्षा घेरा तोड्ने क्रममा केहीबेर वकिल र प्रहरीको धकेलाधकेल भएको थियो । उनीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएका छन् ।

न्यायाधीशहरूबीचको फुट प्रधानन्यायाधीश जबरालाई जोगाउने कदम भएको उनीहरूको बुझाइ छ । ‘प्रधानन्यायाधीशको निरन्तरताका लागि गरिने पहल मान्य हुने छैन । तपाईंहरूविरुद्ध पनि आन्दोलनमा लाग्छौँ, ’ नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *