रोकिएन वकिलको आन्दोलन, सर्वोच्चमा कडा सुरक्षा (तस्बिरहरू)

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसन नेपाल बन्दमा पनि धर्नामा उत्रिएको छ । २३ दिनदेखि आन्दोलनरत बारले आज बिहान सर्वोच्च अदालतमा धर्ना सुरु गरेको हुन् ।

प्रधान न्यायाधीश जबराले सोमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए । तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ । सर्वोच्चका न्यायाधीश पनि जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित इजलासमा बसेका छैनन् ।

आज पनि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जबराको राजीनामा माग गर्दै कानून व्यवसायी प्रदर्शनमा उत्रिएपछि सुरक्षाकर्मी बढाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *