रहिनन् चर्चित भारतीय लेखिका मन्नु भण्डारी

काठमाडौँ । भारतकी चर्चित लेखिका मन्नु भण्डारीको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा सोमबार निधन भएको हो ।

उनकी छोरी रचना यादवले उनको निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य ‘चिज’ गुमाएको उल्लेख गरेकी छन् । स्वर्गीय भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन् ।

उनको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो । ९० वर्षको उमेरमा उनको निधन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *