चीनमा सुरक्षित नेपाली रञ्जना लिपि (भिडिओ)

काठमाडौँ । चिनियाँ संस्कृति ५ हजार वर्षभन्दा पनि पुरानो छ । चिनियाँ नागरिकहरू आफ्नो प्राचीन संस्कृतिमा गर्व गर्छन् । चिनियाँ संस्कृति मौलिक र कतिपय अन्यत्रबाट आयातित छ । तथापि विभिन्न मुलुकको संस्कृतिलाई चीनले राम्रै आश्रय दिएको मान्नुपर्छ ।

एघारौँ शताब्दीमा उत्पन्न भएको नेपालको नेवार समुदायले प्रयोग गर्ने रञ्जना लिपि चीनका प्राचीन सम्पदास्थलमा देख्न सकिन्छ । चीनमा टेक्ने कुनै पनि नेपालीले मौलिक रञ्जना लिपि देखेर चिनियाँसँग गहिरो आत्मीयता महसुस गर्दछन् । चीनले पनि पराय लिपि भनेर कहिल्यै उपेक्षा गरेको देखिँदैन बरु नेपाल सरकारले दिनुपर्ने चासोमा भने कमी देखिन्छ ।

तिब्बतसँग सीमा जोडिने छिङ्हाई प्रान्तमा थाअर नामक गुम्बा छ, सो गुम्बामा नेपालको प्रतिष्ठा जोगाउने गरी रञ्जना लिपि यत्रतत्र कुँदिएको भेटिन्छ । थप भिडिओमा :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *