मृत्युदण्डबाट बचेर राष्ट्रपतिको उम्मेदवार बनेका गद्दाफी पुत्र

काठमाडौँ । ४२ वर्ष लिबियामा शासन गरेका मोहमार गद्दाफीलाई सन २०११ मा लिबियाको सत्ताबाट च्युत गरिएको थियो । नाटो सैन्य सहयोगमा भएको सैन्य हमलामा परेर गद्दाफी राजधानी त्रिपोलीबाट भाग्न खोज्दा गोली लागि मारिएका थिए ।

गद्दाफीको एकछत्र शासन सकिएपछिको प्रजातान्त्रिक लिबियामा गद्दाफीको पारिवारिक आगमनको शङ्कासमेत कमैले गरेका थिए । रोचक कुरा गद्दाफी सत्ता र गद्दाफी ढलेको ठिक १ दशकपछि उनका माहिला छोरा लिवियाको राष्ट्रिय राजनीतिमा उदाउने छनक देखाएका छन् ।

आगामी डिसेम्बर २४ मा हुने राष्ट्रपतीय चुनावमा गद्दाफीका छोरा चुनावी मैदानमा छन् । एक सामान्य उम्मेदवारको रूपमा नभएर शक्तिशाली उम्मेदवारको रूपमा उनी आएका छन् । दक्षिणी सहर सेभाबाट उनले चुनावी उम्मेदवारी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । सैफ अल-इश्लाम गद्दाफीले राष्ट्रपतीय चुनावमा उम्मेदवारी दिएको लिबियाको निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको थियो । युवा गद्दाफीसँगै चर्चित सैन्य कमान्डर खालिफा हाफ्तर, प्रधानमन्त्री अब्दुल हामिद देइबादेखी सभामुख आगिला सालेह समेत छन् ।

रोचक कुरा राष्ट्रपतिका उम्मेदवार युवा गद्दाफीले अहिलेसम्म कुनै सार्वजनिक भाषण गरेका छैनन् । तर, न्यूयोर्क टाइम्समा अन्तरवार्ता भने दिएका छन् । बेलायतको विश्वप्रसिद्ध अध्ययन केन्द्र लन्डन स्कुल अफ इकोनोमिक्समा पढेका गद्दाफीकाे अङ्ग्रेजी भाषा समेत राम्रो भएको अलजजिराले लेखेको छ ।

सन २०११ मा लिबियाको जिन्तान क्षेत्रको उबारी क्षेत्रबाट पक्राउ परेका युवा गद्दाफीलाई सन २०१५ मा मृत्युदण्ड समेत सुनाइएको थियो । उनी अन्तर्राष्ट्रिय अदालतबाट पनि खोजीको सूचिमा थिए । तर, मृत्युदण्ड सुनाएको छ वर्षपछि उनलाई रिहाइ गरिएको थियो । अहिले ४९ वर्षका गद्दाफीले लिबियाको मौलिक पहिरन गरेर उम्मेदवारी दिएको प्रसङ्ग पनि अहिले चर्चामा छ । मोहमर गद्दाफी सत्ता हुँदा उनलाई डि फ्याक्टो प्रधानमन्त्रीको रूपमा हेरिएको अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेका छन् ।

उनी गद्दाफी फाउन्डेसनका निर्देशक समेत थिए । सन २०११ मै उनका तीन दाजुभाइहरू- मुतासिन, खामिस र सैफ अल-अरब- भने मारिएका थिए । फ्रान्सको समाचार संस्था फ्रान्स २४ ले लिबियाका एक थरी नागरिकलाई अहिले पनि गद्दाफीको पारिवारिक सत्ताप्रति मोह भएको भन्दै गद्दाफीका छोराको उम्मेदवारीले केही अर्थ राख्ने लेखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *