बाइडेन-सी बैठकको तयारी : अपेक्षा अनेक‚ सम्भावना कम

वासिंटन । अहिले द्विपक्षीय सम्बन्ध चिसिँदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोका रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनपिङले बेइजिङमा सँगै चाउचाउ खाएर विश्वलाई नयाँ सन्देश दिन खोजेका छन् ।

तिब्बती पठारमा भएको आदानप्रदानको क्रममा उनीहरूले अमेरिकाको अर्थतन्त्र र वाणिज्यका बारेमा गम्भीर छलफल गरेका छन् । उनीहरूले एकअर्काप्रति निष्कपट सम्मान विकास गर्नेबारे अमेरिकी व्यवसायी नेताहरूलाई आग्रह पनि गरेका छन् ।

असल परराष्ट्र नीति बलियो व्यक्तिगत सम्बन्ध निर्माणबाट सुरु हुन्छ भन्ने बाइडेनको हृदयदेखिको विश्वासको प्रमाणका रूपमा अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षी सीसँगको सम्बन्ध कायम राखेको बताइएको छ ।

दुई नेताहरूले आज सोमबार राष्ट्रपतिको रूपमा पहिलो बैठक बस्ने तयारी गरिरहँदा समस्याग्रस्त अमेरिका–चीन सम्बन्ध कसरी अगाडि बढ्छ र बाइडेनको राजनीति छवि कसरी प्रस्तुत हुन्छ भन्ने विशेष चासोको रूपमा हेरिएको छ ।

‘जब यो अमेरिका–चीन सम्बन्धको कुरा आउँछ, यसका बीचमा खाडलहरू यति ठूला छन् र प्रवृत्तिगत रेखाहरू यति समस्याग्रस्त छन् ताकि व्यक्तिगत सम्बन्धले मात्र यसलाई कसरी पगाल्न सक्छ भन्ने चासोको विषय छ’, राष्ट्रिय सुरक्षा परिषदमा एसिया सल्लाहकारको रूपमा बुश र ओबामा प्रशासनसँग काम गर्नुभएका म्याथ्यू गुडम्यानकाे टिप्पणी छ ।

अहिले द्विदेशीय सम्बन्ध चिसो हुँदै गएको आभास भइरहेको छ । यद्यपि ती पुराना साथीहरू अहिले देशको प्रमुख कार्यकारी भएका छन् ।

ह्वाइट हाउसका अधिकारीहरूले आजकाे भर्चुअल बैठकका लागि कम अपेक्षाहरू राखेका छन् । कुनै ठूलो महत्त्वका घोषणाहरू अपेक्षित छैनन् । उनीहरूका अनुसार अन्तमा दुई नेता द्वारा परम्परागत संयुक्त वक्तव्य जारी हुन सक्ने सम्भावना छ ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *