रूसद्वारा २०२१ मा १० बिलियन डलरभन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर

मस्को । रूसले कोभिड-१९ महामारीको बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य-प्राविधिक सहयोगका लागि संघीय सेवाका निर्देशक दिमित्री शुगाएभले सोमबार बताएका छन् ।

‘महामारीजन्य कठिनाइका बावजुद हाम्रा साझेदारहरूसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ ।

नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ‚ जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै ५५ बिलियनको स्तरमा पुर्‍याएको छ,’ शुगाएभले भने ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *