आरजु राणाको वडाबाट जिल्लाकै कान्छा वडा सभापति निर्वाचित

धगनढी । कैलालीको धनगढी उपमहागनरपालिका ४ मा नेपाली कांग्रेस वडा सभापतिमा जिल्लाकै कान्छा व्यक्ति सन्तोष रावल निर्वाचित भएका छन् । २५ वर्षीय रावलले प्रतिद्वन्द्वी अनन्तराज जोशीलाई ४४ मतले पराजित गर्दै सभापतिमा जित हात पारेका हुन् ।

रावलले एक सय ४९ मत प्राप्त गरेका थिए भने जोशीले एक सय पाँच मतमात्रै पाएका थिए । उक्त वडा कांग्रेस नेतृ डा आरजु राणाको निर्वाचन क्षेत्र हो ।

रावल तरुण दल क्षेत्रीय सदस्य हुँदै लोकतान्त्रिक निर्माण व्यवसायी संघ कैलालीको सहसचिवसमेत भइसकेका छन् । १३औँ महाधिवेशनमा क्रियाशील भएर राजनीतिक यात्रामा अग्रसर भएर लागेका रावल अहिले वडा सभापतिसम्म पुगेका हुन् ।

वडा सभापतिमा निर्वाचित भइसकेपछि आफूले कांग्रेसमा युवा र अघिल्लो पुस्तालाई जोड्न पुलको भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *