आन्दोलनरत न्यायाधीशहरूको एकता फुटको संघारमा

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग राख्दै आएका आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरूको एकता फुटको संघारमा पुगेको छ ।

आन्दोलनरत कानुन व्यवसायी र नेपाल बार एसोसिएसनसँगको छलफलमा पाँच न्यायाधीशले उपस्थित हुन अस्वीकार गरेसँगै न्यायाधीशहरूको एकता फुटको संघारमा पुगेको स्पष्ट भएको हो ।

छलफलमा बस्न अस्वीकार गर्ने न्यायाधीशहरूमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन् ।

उनीहरूले गोलाप्रथाबाट पेसी तोक्ने सहमतिको फुलकोर्टमा (पूर्ण बैठकमा) मात्र सहभागी हुने अडान राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *