सासो प्यारेन्ट स्टक चल्ला स्वदेशमै उत्पादन हुने

काठमाडौँ । क्वालिटी ह्याचरी प्रालिले मुलुकमा नै पहिलो पटक विकसित उच्च नश्लको लोकल प्रजातिको प्यारेन्ट स्टक चल्ला उत्पादन गर्ने उद्देश्यले फ्रान्सबाट सासो ग्रान्ड प्यारेन्ट आयात गरेको छ ।

स्वदेशमा नै लोकल प्रजातिको सासो प्यारेन्ट स्टक चल्ला उत्पादन हुने भएपछि विदेशबाट प्यारेन्ट स्टक चल्ला आयात गर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट मुक्त हुनुका साथै हाल बजारमा स्थानीय स्तरमा विकास गरिएका लोक प्रजातिको प्यारेन्टबाट भन्दा बढी संख्यामा र गुणस्तरीय चल्ला उत्पादन भई ह्याचरी तथा कृषकहरू लाभान्वित हुने क्वालिटी ह्याचरीले विश्वास लिएको छ ।

यस क्रममा फ्रान्सको सासोबाट नेपाल आएका कम्पनीका टेक्निकल डाईरेक्टर डा. एचविन बेलेकले काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भई विभिन्न ह्याचरी एवं कृषकहरुलाई सासो चल्लाको विविध पक्षबारे जानकारी दिएका थिए ।

कम्पनीले २०७९ वैशाख महिनाबाट प्यारेन्ट चल्ला उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *