ओपोद्वारा चौथौँ सीएसआरटेक इनाेभेशन समिटको सह–आयोजन

काठमाडौँ । ओपोले चीनकाे सांघाईमा आयोजित चौथौँ सीएसआरटेक ईनाेभेसन समिटको सह आयोजन गरेको छ । उक्त कार्यक्रममा अरेन्ज, डोएट्चे टेलिकोम र सेन्ट–गोबेनले समेत सहअायाेजन गरेका छन् ।

दिगो विकासका लागि यूएन (संयुक्त राष्ट्र) २०३० एजेन्डाको रुपरेखा अनुसार द्रुत गतिमा परिवर्तित भएरहेको विश्व वातावरणीय र सामाजिक चुनौतीहरुका लागि नवप्रबर्तनात्मक समाधानहरुको पहिचान गर्ने उद्देश्यले समिटकाे अायाेजना गरिएकाे कम्पनीले जनाएको छ ।

ब्राण्डको मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’ सँग पंक्तिबद्ध, ओपोले उपकरणको डिजाइन, उत्पादन र सञ्चालनमा दिगोपनबारे आफ्नो बुझाई तथा अनुभव प्रस्तुत गर्दै उद्यमीहरुलाई प्राविधिक नवप्रबर्तन मार्फत दिगो विकासका लागि योगदान दिन नयाँ तरिकाहरुको खोजी गर्न पनि कम्पनीले आग्रह गरेको थियो ।

यस वर्षको सीएसआर इनाेभेसन समिट ग्रहको रक्षा, दिगो व्यापार र मानव कल्याणको महत्व गरी विशेषतः तीन ओटा लक्ष्य प्राप्तिका लागि नवप्रबर्तनात्मक समाधान खोज्नेतर्फ केन्द्रित रही मञ्चले स्टार्टअप्सलाई स्थापित औद्योगिक खेलाडी तथा लगनीकर्ताहरुसँग अन्तरक्रिया गर्दै यी उद्देश्य प्राप्तिका आफ्ना नयाँ उत्पादन, सेवा र प्रविधि प्रस्तुत गर्नै अवसर प्रदान गरेको थियो ।

सम्मलेनका क्रममा ओपोले हरित उत्पादन डिजाइनका बारेमा आफ्ना अनुभव प्रस्तुत गरेको थियो ।

प्रस्तुतिअन्तर्गत कार्वन फुट प्रिन्ट्स घटाउन र प्लास्टिक फोहर न्यूनीकरण गर्न सक्षम डिजाइनहरुका साथै हलुका प्याकेजिंग डिजाइनहरु सम्मिलित थिए । ओपोले सर्कुलर इकोनोमीलाई समर्थन गर्ने र फोहर न्यूनीकरण गर्ने माध्यमका रुपमा आफ्नो ट्रेड–इन सेवापनि प्रस्तुत गरेको थियो ।

सम्मेलनको प्रारम्भिक रुपमा बेइजिङ, सांघाई र शंचनमा गरी सीएसआरटेक इनाेभेसन र उद्यमशीलता कार्यशालाहरुको आयोजना गरिएको थियो ।

संचनमा आयोजित कार्यशालामा ओपोले युनाइटेड नेशन्स डेभलपमेन्ट प्रोग्राम (यूएनडीपी) चाइना अफिसका युथ प्रोग्राम अफिसरलाई नवप्रबर्तन र उद्यमशीलताका विषयमा किनोट प्रस्तुतिका लागि र साथै, सुन्ने र बोल्ने समस्या भएका मानिसहरुका लागि सहयोगी डिजाइनमा केन्द्रित टेक स्टार्ट–अप, भोइबुक टेक्नोलोजीलाई सिटी भोइस म्यासेन्जर प्रोजेक्टमा ओपोसँग तिनको सहकार्यका बारेमा बोल्न आमन्त्रित गरेको थियो ।

समिटका लागि विश्वभरका स्टार्ट–अप्सबाट बृहत्त संख्यामा आवेदनहरु प्राप्त भएका थिए ती मध्यबाट पिच प्रक्रियाका लागि उत्कृष्ट १२ लाई मात्र आमन्त्रित गरिएको थियो ।

ती १२ स्टार्ट–अप्स मध्य भोइबुक टेक्नोलोजी र एसएटीओआर टेकलाई तिनका विचारका लागि उत्कृष्ट स्टार्ट–अपका रुपमा सम्मानित गरिएको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *