सुनको मूल्य तोलामा ३ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेको हो  । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आइतबार प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *